काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार साँझ करिब साढे ५ बजे सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
पार्टीका कामका सिलसिलामा सुर्खेत पुगेका बेला उनलाई पक्राउ गरिएको बताइएको छ।
