काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

रास्वपा महाधिवेशन

११ असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारलाई बधाई तथा शुभकामना दिन थालिएको छ।

मतगणना सम्पन्न भई परिणाम घोषणा भएपछि महाधिवेशन स्थलमा उत्साहजनक वातावरण छ। विजयी उम्मेदवारहरूलाई कार्यकर्ता तथा समर्थकहरूले अंकमाल गरेर बधाई तथा शुभकामना दिएका छन्। पराजित उम्मेदवारहरूले समेत लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै विजेतालाई शुभकामना दिएका छन्।

रास्वपाको पहिलो चरणको मतपरिणाम सार्वजनिक

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले नयाँ नेतृत्वले पार्टीलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनस्थलमा विजेताहरूलाई घेरिएर समर्थकले खुसी साटासाट गरिरहेको, शुभकामना दिइरहेको र उत्सवमय माहोल देख्न सकिन्छ। हेरौँ थप तस्बिर :