चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि शुक्रबार भएको दोस्रो चरणको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन्।
पदाधिकारीका लागि भएको मतदानमा खसेको १२८९ मतमध्ये गौतमका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाइन्।
महामन्त्रीमा मनीष झालाई पराजित गर्दै विपिनकुमार आचार्य विजयी भए। महामन्त्रीमा आचार्य र झासँगै सागर ढकाल र गणेश कार्की पनि उम्मेदवार थिए।
त्यसैगरी रास्वपाको सह-महामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। सह-महामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भइन्।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका थिए। पहिलो चरणको निर्वाचनमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।