काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। पाकिस्तानले एसिया कप २०२५ को ‘सुपर–फो’मा मंगलबार श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ।गए राति सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए ।

यो जितपछि पाकिस्तानको दुई खेलबाट दुई अंक भएको छ । यसअघि पाकिस्तान भारतको हातबाट विवादास्पद खेलमा पराजित भएको थियो । भारत दुई अंकमै शीर्ष स्थानमा छ।

अब भारतले बुधबार राति बाङ्लादेशको सामना गर्नेछ ।