विराटनगर। लागूऔषध गाँजासहित प्रहरीबाट भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका मोरङ जहदा गाउँपालका १ का एक युवकको शव दुई दिनपछि फेला परेको छ।
विराटनगर महानगरपालिका–१८ भेडियारीमा मञ्जितकुमार यादवको शव शुक्रबार स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
दुई दिनअघि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा प्रहरीले रोकेर जाँच गर्न खोजेपछि चालक यादव मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हामफालेका थिए।
पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा दुई दिनदेखि जारी खोजी कार्यका क्रममा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही घटनामा मोटरसाइकलको पछाडि सवार रहेका भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद गरेको छ।
पक्राउ परेका भारतका नागरिकमाथि थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
विराटनगर। लागूऔषध गाँजासहित प्रहरीबाट भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका मोरङ जहदा गाउँपालका १ का एक युवकको शव दुई दिनपछि फेला परेको छ।
विराटनगर महानगरपालिका–१८ भेडियारीमा मञ्जितकुमार यादवको शव शुक्रबार स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
दुई दिनअघि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा प्रहरीले रोकेर जाँच गर्न खोजेपछि चालक यादव मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हामफालेका थिए।
पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा दुई दिनदेखि जारी खोजी कार्यका क्रममा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही घटनामा मोटरसाइकलको पछाडि सवार रहेका भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद गरेको छ।
पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।