गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी

२७ असार २०८३
अ+
अ-

काठमाडौँ। केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे।

तर, आत्मदाहको प्रयास गरेका र पछि मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति घटेको छ।

गणेशको मृत्युपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ। घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरीले बताए।

उनका अनुसार, “ज्यानकै जोखिम हुन सक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ।”

नगर प्रहरी सडकमा नदेखिएपछि काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। विशेषगरी राइड सेयरिङ चालकहरूले सडककिनारमै सवारी पार्किङ गर्ने, यात्रु कुरेर लामो समय रोक्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने गरेका दृश्यहरू देखिन थालेका छन्।

यसका कारण सवारीसाधन आवागमन प्रभावित हुनुका साथै सडकमा ट्राफिक जाम र अव्यवस्था बढेको छ।

तस्बिरहरू: