महेन्द्रनगर। बझाङमा जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको घटनानस्थलमै मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार अपराह्न भएको जिप दुर्घटनामा अन्य सातजना सख्त घाइते भएका छन्।
बझाङको केदारस्यूँ गाउँपालिका ७‚ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले जानकारी दिइन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चारवटा एम्बुलेन्स परिचालन भएको जानकारी दिए। उनले जिपमा १५ जना यात्रारत रहेको पनि जानकारी दिए।