काठमाडौँ। केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायत क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे।
फुटपाथमा दिउँसोको समयमा पसल राख्न महानगरले कडाइ गरेको थियो। व्यापार गर्न निश्चित समय तोकिएको थियो।
आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य घटेको छ। उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।
यो पनि…
नगर प्रहरी सडकमा कम देखिन थालेपछि काठमाडौँका न्युरोडसहित विभिन्न स्थानमा फुटपाथ पुनः व्यापारीले भरिन थालेको छ। अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ।
फुटपाथमा व्यवसायीले व्यापार थाल्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्। यसले सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ। साथै ट्राफिक जामसमेत बढेको छ।
थप तस्बिर :
