काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार दुई सय रुपैयाँले घटेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर चार हजार तिन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।