काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। रास्वपा सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताउएका हुन्। उनले व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गरे।

सत्ता पक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उहाले जोड दिए। उनले देश, जनता र लोकतन्त्र नै समाप्त भएमा कसैको अस्तित्व नरहने धारणा राखेका थिए।

सांसद सिंहले संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र घोचपेच बन्द गरी एकजुट हुन आग्रह गरे।

सबै दल मिलेर एउटा साझा राष्ट्रिय मुद्दा तय गर्न सके देश, संविधान र लोकतन्त्रको रक्षाका साथै जनताको निराशालाई आशामा बदल्न सक्ने उनले बताए।