काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को वर्ष हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई नियुक्त गरेको हो।

गत जुलाईमा उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा कप्तानी विवाद आएपछि बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोली छाडेका थिए। त्यसयता महिला टोली प्रशिक्षकविहीन थियो।

रिक्त रहेको उक्त स्थानमा बिहीबार एन्फाले न्यौपानेलाई जिम्मेवारी दिएको हो।

यस्तै, भगवती खत्री र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यस्तै बिन्द्रा देवान (टोली व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र विकास गुरुङ (किट व्यवस्थापक) भने पुरानै भूमिकामा रहने एन्फाले जनाएको छ।