काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच उच्चस्तरीय शिष्टाचार भेटवार्ता भएको छ।
कतारका पूर्वअमिर महामहिम शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा छन्।
दोहास्थित लुसेल प्यालेसमा बुधबार भएको भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी शुभकामना व्यक्त गरे। यस अवसरमा उनले कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक एवं समवेदना-पत्र हस्तान्तरण गरे।
भेटमा नेपाली भ्रमण दलका सदस्यहरू तथा कतारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको उपराष्ट्रपतिको सचिवालयले जानकारी दियो।