विशेष अदालतको अध्यक्षमा आचार्य र श्रम अदालतको अध्यक्षमा अधिकारी सिफारिस
काठमाडौँ। न्याय परिषद्ले न्यायाधीशहरूको सरुवा गरेको छ।
परिषद्को आज (बिहीबार) बसेको बैठकले न्यायाधीशहरूको सरुवाको सिफारिस गरेको हो। जसमा उच्च अदालतका ५० न्यायाधीशको सरुवा सिफारिस गरिएको छ।
यस्तै जिल्ला अदालतका १५७ न्यायाधीशहरूको सरुवा सिफारिस गरिएको छ। जसमा न्यायाधीश दयाराम ढकाललाई नुवाकोट जिल्ला अदालत, चुरामन खड्कालाई इलाम, हरिप्रसाद शर्मा उपाध्यायलाई बैतडी, मातृकाप्रसाद आचार्यलाई मकवानपुर, दीपककुमार दाहाललाई रामेछाप सिफारिस गरिएको छ।
परिषद्ले विशेष अदालत काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ। साथै परिषद्ले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सरकारसमक्ष परिषद्ले सिफारिस गरेको छ।
हेर्नुहोस् पूर्ण सूची :