काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै छन्।

छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्रोत्साहन गर्ने उपाय, बजार व्यवस्थापन, उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने प्रयास तथा उद्योगले भोगिरहेका वर्तमान चुनौतीका विषयमा छलफल हुने कार्यतालिका रहेको छ।