काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीवार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा एक सय २५ रुपैयाँले घटेर तोलामा ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीवार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।