काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ।
सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार गुठीमा दर्ता भएका कुल २९८ पुस्तकहरूलाई मूल्याङ्कन गरी १० कृति छनोट गरिएका हुन्।
छनोटमा परेका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी ९राजभण्डारी० को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा। नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका छन्।
गुठीले वि.सं. २०७२ देखि प्राप्त पुस्तकमध्ये बढीमा १० वटा उत्कृष्ट कृति छनोट गरी सार्वजनिक गर्ने अभ्यास गर्दै आएको छ। यी १० मध्ये सर्वोत्कृष्ट ठहरिने एक कृतिलाई चार लाख रुपैयाँ राशिको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ।