काठमाडौँ। नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
सांसद साहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परी पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जी बदरको माग गर्दै मंगलबार निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। साहविरूद्ध कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।