काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। विवेक ओझाद्वारा लिखित ‘मौन कोलाहल’ सार्वजनिक भएको छ।

नौ वटा कथाहरू समेटिएको यस कथा संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो।

‘मौन कोलाहल’मा लेखक ओझाले समानवीय अस्तित्व, सामाजिक ढोंग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्।

लेखक विवेक ओझाले उपन्यास ‘ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। ‘ऐँठन’ र ‘ऐलानी’ उपन्यासपछि प्रकाशित ‘मौन कोलाहल’ उनको पहिलो कथा संग्रह हो।