काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि सोमबारसम्म कोशी, मधेश र बागमती प्रदेश हुँदै बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सचेत गराएको छ।

विभागले दुई दिन अघि विज्ञप्ति प्रकाशन गरेर कोशी, कमला, बागमती र नारायणी र त्यसको सहायक नदीहरुमा बहाब उल्लेख रुपमा बढ्ने र खतरा तह आसपास पुग्ने देखिएको जनाएको छ।

“कोशी,मधेश, बागमती, गण्डकी, लुम्बनी प्रदेशका महाभारत, चुरे हुदै बग्ने स-साना नदीनालाहरुमा अकस्मात बहाब हुन सक्ने सम्भावना रहेको छ,” विज्ञप्तिमा भनिएको छ।

उच्च जोखिममा रहेका जिल्ला

विभागले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही गरी १७ जिल्ला र आसपासका जिल्ला भई बग्ने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भन्दै शनिबारदेखि सोमबारसम्म विशेष सतर्कता आपनाउन अनुरोध गरेको छ।

बाढी, पहिरो, भुक्षय र डुबानको संभावना रहेकाले सडक तथा हवाई यातायात यात्रा गर्दा जोखिम न्युनिकरणका लागि विशेष सतर्कता आउन भनेको छ। दसैं  मानिसहरु देशभर आवतजावत गरिरहेका छन्।

बंगालको खाडीमा विकसित भएको न्युन चापीय मौसम प्रणाली भारतको ओडिसाबाट मध्यभारततर्फ सर्ने क्रममा रहेको र यो प्रणालीको कारण जलवाष्पयुक्त मनसुनी वायु नेपालमा प्रवेश गर्ने भएकोले शनिबारदेखि सोमबारसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाएको छ।

मौसमविद्हरुले शनिबार र आइतबार मुख्य राजमार्गमा सवारी साधन नै नचलाउन सचेत गराएका छन्।