काठमाडौं। अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ।
आज बिहान खसेको पहिरोले नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो दुईतर्फी नै अवरुद्ध भएको छ।