काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग भासिएको छ।

अविरल वर्षाको कारण सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइसम्म सडक भासिएको प्रहरीले जनाएको छ।

राजमार्ग बिहीबारदेखि नै क्रमशः भासिन थालेको भए पनि शनिबार परेको निरन्तर वर्षाले थप क्षति बढाएको हो। सडक भासिँदा क्षेत्रीय आवागमनमा कठिनाइ उत्पन्न भएको र मर्मत कार्यको तयारी भइरहेको बताइएको छ।