काठमाडौँ। आइतबार बिहानैबाट पानी पर्न रोकिएपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ।
आकाश क्रमशः खुल्न थालेको छ। सडकमा सवारी साधनहरू विस्तारै बाक्लिन थालेका छन्।
दसैं र त्यसपछि लगत्तैको भारी वर्षाका कारण बन्द भएका पसलहरू खुल्न थालेका छन्। केही निजी कार्यालयहरू पनि खुलेका छन्।
शनिबार भएको भारी वर्षाको कारण प्रभावित भएको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचारू भइसकेको छ। आन्तरिक र बाह्य दुवैतर्फको उडान नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ।
ठूलो वर्षातपछि काठमाडौं वरपरका डाडाहरू खुल्न थालेका छन्। हरियाली डाडाको थुम्कोमा बादल अडिएको मनरोम दृश्य अहिले काठमाडौं उपत्यकामा देख्न पाइन्छ।






