काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख वटा बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ।

बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए।

उनले भने, “शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।”

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए।