काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटो फिचर

२० आश्विन २०८२
बागलुङ नगरपालिका–८ सिगाना सायकोटबाट सोमबार बिहान देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : खेमराज गौतम/ रासस
अ+
अ-

उदय–मनिला सोताङद्वारा स्वरबद्ध र दिव्य खालिङको रचना तथा सङ्गीत रहेको गीतमा हिमालको गाथा छ। जहाँ भनिएको छ–

मेरो हिमाललाई देखे जति सलाम
मेरो पहाडलाई भेटे जति सलाम।

मौसम खुलेपछि डाँडापाखाबाट हिमालको चित्ताकर्षक दृश्य हेर्न पाइन्छ। त्यस्तै आकर्षक हिमालका केही दृश्य यहाँ राखिएको छ।

मध्यनेपाल नगरपालिका–८ डढुवा दुर्छाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण हिमाल। तस्बिरः देवेन्द्र गुरुङ/रासस

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानी गाउँ र पृष्ठभूमिमा रहेको धौलागिरि हिमाल । तोरीपानीमा घुम्न आउने पर्यटकको सुविधाका लागि घरबास सञ्चालन भएको छ । तस्बिर : सन्तोष गौतम/ रासस

पर्यटकीय राजधानी पोखराबाट सोमबार बिहान देखिएको सुन्दर माछापुच्छ्रे हिमाल। तस्बिर : कृष्ण दवाडी / रासस