२३ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

म्याग्दी। स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन्।

अन्नपूूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन्।

“पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो”, उनले भने, “प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन्।”

मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ।