काठमाडौँ। जेनजीको प्रदर्शनका क्रममा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, तस्बिर र कागजातहरूजस्ता प्रमाण भए सोसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ । क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिनेछ ।
आयोगले यसका लागि निश्चित ढाँचा पनि तोकेको छ । तोकिएबमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना [email protected] मा पठाउन भनिएको छ ।
प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ ।
