काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीसहित चार बन्धक इजरायली हवाई आक्रमणमा मारिएको जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार उनीहरुको शव आजै रेडक्रसलाई हस्तान्तरण गरिनेछ।

तर इजरायलले अहिलेसम्म यसको पुष्टि गरेको छैन। ७ अक्टोबर २०२३ मा हमालले इजरायलयमा आक्रमण गर्दा जोशीसहित सयौं व्यक्तिलाई बन्धक बनाएको थियो। यसअघि आजै बिहान इजरायली सेनाका अधिकारीहरुले विपिनका परिवार, इजरायलका लागि नेपाली राजदूत, इजरायलको परराष्ट्र तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरु संलग्न भर्चुअल बैठक गर्दै जोशी जीवित रहेको जानकारी नभएको जनाएको थियो।

परराष्ट्र मन्त्रालयले सबै बन्दी रिहा नहुन्जेल र मारिएको व्यक्तिहरुको शव नभेटिन्जेल जोशीको अवस्थामा अज्ञात भन्ने सोमबार साँझ विज्ञप्तिमार्फत जनाएको थियो।

यो पनि…
हमासले बन्धकहरू रिहा गरेपछिका तस्बिर
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको रिहा सूची, विपिन जोशीको छैन नाम
हमासले भन्यो- सबै जीवित इजरायली बन्धक रिहा गर्‍यौं
परराष्ट्रले भन्यो- विपिन जोशीको अवस्था अज्ञात