काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनमा अनियमिताको शंका

२८ आश्विन २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्देशनालय कार्यालय अनामनगरमा छापा मारेको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार गर्दा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले कार्यालयमा मंगलबार छापा मारेको हो।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोजनाको स्टोर शाखाबाट कागजातहरू जफत गरिएको छ। “पाइपलाइन विस्तारमा अनियमितता भएको गुनासो आएपछि छापा मारिएको हो, स्टोर शाखाबाट कागजात ल्याइएको छ,” उनले भने, “विस्तृतमा अनुसन्धान सुरु हुन्छ।”

अख्तियारले छापा मारे पनि कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन।