काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार राम बहादुर रावललाई नियुक्त भएका छन्।
दुई दशकदेखि सक्रिय पत्रकारितामा गरेका रावल नेपालखबर डट कमका सम्पादक थिए।
यसअघि ‘ग्यालेक्सी फोर के’मा सम्पादक रहेका रावलले नेपाल म्यागेजिन, कान्तिपुर टेलिभिजन र दृष्टि साप्ताहिकमा काम गरेका थिए। उनले आजै नियुक्ति पत्र बुझ्ने बताइएको छ।