काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ भाद्र २०८२
अ+
अ-

काठमाडौं। बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति स्वस्पर्श लोकार्पण गरिएको छ। प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार अमर न्यौपाने र लेखक स्वयम्‌ले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा आख्यानकार अमर न्यौपानेले पुस्तक स्वस्पर्श मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रूपमा आएको बताए। अर्का वक्ता डा. कोइरालाले पुस्तक सबैका लागि उपयोगी रहेको बताए। मनोवैज्ञानिक रूपमा विक्षिप्तहरूका लागि झनै विशेष रहेको उनको भनाइ थियो।

कार्यक्रममा लेखक डा. केसीले स्वस्पर्श आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक भएको बताए।  जीवनमा आफूले थुप्रै राम्रा पुस्तक पढेको र नेपाली समाजलाई उपयोगी पुस्तक दिने मनसाय भएर आफ्नै जन्मस्थान कर्णालीको कथा लेखेको उनले जनाए। यो पुस्तक हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा रहेको उनको भनाइ छ।