काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्रख्यात बलिउड अभिनेत्री मधुमतीको बुधबार निधन भएको छ।

यी प्रख्यात अभिनेत्रीको निधनले हिन्दी फिल्म उद्योगमा शोकको लहर छाएको अमर उजालाले समाचारमा जनाएको छ। अभिनेता अक्षय कुमारले पनि सामाजिक सञ्जाल पोस्टमार्फत मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे।

जसले अक्षय कुमारलाई नृत्य सिकाइन्
अक्षय कुमारले इन्स्टाग्राममा अभिनेत्री मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे। पोस्टमा उनले लेखे, ‘मेरो सदाका लागि गुरु। नृत्यको बारेमा मलाई थाहा भएको सबै कुरा, मधुमतीजी, मैले तपाईंबाट सिकेँ। हरेक शैली, हरेक अभिव्यक्ति, मैले तपाईंबाट सिकेँ। तपाईंको सम्झना सधैं मेरो साथमा रहनेछ। ओम शान्ति।’

यसअघि आजै (बुधबार) मात्रै हिन्दी र पन्जाबी फिल्मका प्रसिद्ध अभिनेता पंकज धीरको मुम्बईमा निधन भएको छ।

१९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टीभी धारावाहिक ‘महाभारत’ मा कर्णको भूमिका निर्वाह गरेपछि जनतामाझ उनी लोकप्रिय बनेका थिए।

फिल्म र टीभी कलाकारहरूको संस्था सिन्टाका अध्यक्ष अमित बहलले उनको मृत्युको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ। संस्थाले उनको मृत्युमा समवेदना व्यक्त गरेको छ। ६८ वर्षीय पंकज विगत केही महिनादेखि बिरामी थिए।