काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आध्यात्मिक संस्था सत्संग नेपालले हालै नेपालमा गएको बाढी, पहिरोलगायतका विपत्तिबाट पीडितका लागि १० लाख रुपैयाँ बराबरको सहयोग सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद सिटौलाको नेतृत्वको सात सदस्यीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रममाझ उक्त रकम उल्लिखित चेक हस्तान्तरण गरेको हो।

भारतको झारखण्डमा मुख्य आश्रम रहेको सत्संगका परम् पुज्य श्री श्री आचार्यदेवको आशिर्वाद र निर्देशनअनुसार प्रधानमन्त्रीलाई नै भेटी यो सहयोग उपलब्ध गराएको प्रतिनिधिमण्डलका सदस्य प्रेम भट्टराईको भनाइ छ । उनका अनुसार, उक्त मुख्य आश्रमले आफ्नो कोषबाट नेपालको यस प्रकारको दैवी विपत्तिमा पहिलोपल्ट सहयोग गरेको हो ।