काठमाडौँ। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए। उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे। शेर्पा हालसम्म सो आरोहण दलको एक मात्र जीवित सदस्यका रूपमा थिए।
उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ।