काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ भाद्र २०८२
अ+
अ-

काठमाडौं। युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्तीको अवसरमा शनिबार गजलकार दम्पती सप्रेम अर्चना र विभोर बरालका गजलसङ्ग्रह विमोचन गरिएको छ।

अनाम मण्डलीको आयोजनामा गौशाला, पिङ्गलास्थानस्थित नेपाल सङ्गीत विद्यालयमा भएको कार्यक्रममा अर्चनाको मनले अब पङ्ख उचालिसक्यो र बरालको मनभित्र ब्रम्हाण्ड छ शीर्षकका गजलसङ्ग्रहहरू विमोचन गरियो। यी गजलसङ्ग्रह स्वर प्रकाशन–स्वर द्वैमासिक पत्रिकाबाट प्रकाशित हुन्।

अनाम मण्डलीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे थिए। कार्यक्रममा प्रा.डा. देवी नेपाल, समालोचक प्रभाती किरण, कवि–गजलकार रवि प्राञ्जल, साहित्यकार राधेश्याम मूल्मी, डा. रमेश पोखरेल, प्राचार्य रमेश पाण्डे, राधा कँडेल, रश्मि असफल, रविका भण्डारी, जनकराज पौड्याल, ज्ञानु विद्रोहीलगायत साहित्यकार र गजलप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो।

मोतीराम भट्टको स्मृतिदिवसमा सम्पन्न यो विमोचन समारोह साहित्यिक सिर्जना, गायन र समालोचनाको संगम बनेर नेपाली गजलसाहित्यमा नयाँ चेतना भर्ने महत्त्वपूर्ण गतिविधि बनेको सहभागीहरूले बताएका छन्।