बैठकमा विवाद र सभापतिको राजीनामा विषयमा छलफल
काठमाडौँ।नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज बस्ने भएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बिहान १० बजेपछि सुरु हुने जनाइएको छ ।
राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानाले पदीय आचरण विपरीत कार्य गरेको आरोपमा हटाउने प्रक्रियाबारे छलफल हुने बताइएको छ।
त्यस्तै, संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड व्यवस्थामा देखा परेको त्रुटिपछि विवादमा परेका सभापति रामहरि खतिवडाले दिएको राजीनामाको विषय पनि बैठकको एजेन्डामा राखिएको छ।
पदाधिकारीहरूले यी विवादित विषयमा विचार-विमर्श गरी आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।