काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चीनको उक्सीमा यही अक्टोबर २४ देखि ३० सम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) तथा नोभेम्बर २ देखि ४ सम्म हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी २) प्रतियोगितामा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन्।

दुवै प्रतियोगिता खेल्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघले बिदाइ आइतबार गरेको छ। खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघको सल्लाहाकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले सातदोबाटोस्थित तेक्वान्दो संघमा बिदाइ गरे।

प्रतियोगितामा नेपालबाट पुरुष खेलाडीहरु सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) ले प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरु सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) ले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षका सयद हसन रेजालाई रहेका छन्।

प्रतियोगिताका लागि प्रशिक्षक तथा खेलाडीहरू आज (सोमबार) चीन प्रस्थान गर्दैछन्।