काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। हमासले सम्झौता उल्लङ्घन गर्न जारी राखे राम्रो नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

हमासले सम्झौता उल्लंघन जारी राखे मध्यपूर्वी देशहरू आफ्नो आदेशमा, ठुलो सैन्य बल लिएर गाजामा जानेछन् ट्रम्पले चेतावनी दिए। र आफ्नो ठुलो सैन्य बलले ‘हमासलाई सही बाटोमा फर्काउनेछन्’ ट्रम्पको भनाइ छ।

मध्यपूर्व र वरपरका धेरै सहयोगीहरूले उनलाई भनेका छन् कि यदि हमासले सम्झौता उल्लङ्घन गर्न जारी राख्यो भने, तिनीहरू (मध्यपूर्वी देशहरू) ट्रम्पको आदेशमा, सैन्य बलसहित गाजामा जानेछन् र हमासलाई तह लगाउनेछन्।

ट्रम्पले भने कि- मध्यपूर्वका लागि यस्तो प्रेम र उत्साह एक हजार वर्षमा देखिएको छैन, यो साँच्चै उल्लेखनीय छ।

अमेरिकी राष्ट्रपतिले ती देशहरू र इजरायललाई भनेका छन्, ‘अहिले होइन । किनभने अझै पनि आशा छ कि हमासले सही कदम चाल्नेछ ।’

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि तिनीहरूले त्यसो गरेनन् भने, हमासको अन्त्य छिटो, हिंसात्मक र निर्दयी हुनेछ।’ उनले यस मुद्दामा सहयोग र समर्थन प्रदान गर्ने देशहरू, विशेषगरी इन्डोनेसिया र यसको नेतृत्वलाई धन्यवाद दिए। -बीबीसी