एजेन्सी। बंगलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो ।
कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए । ‘र्यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उनलाई सयौँ बेपत्ता र गैर न्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा उहाँलगायत केही बंगलादेशी अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो ।
“पूर्व प्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,” बंगलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताए । अहमद्विरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गरिएको उनले बताए ।
उनले भने, “यो ऐतिहासिक उपलब्धि हो । यी प्रयासहरूको माध्यमबाट हामी दण्डहीनताको संस्कृतिलाई तोड्न सक्षम हुनेछौँ,” सलाहुद्दीन अहमदले भने ।
उनले थपे, “हामी राष्ट्रलाई आश्वस्त पार्न चाहन्छौँ कि कुनै पनि अपराधी, जतिसुकै शक्तिशाली भए पनि, कानुनभन्दा माथि छैन।” सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उनी निर्वासनमा रहँदै आएका छन् ।