भद्रपुर। झापाको बिर्तामोड नगरपालिका ५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
बिर्तामोड ५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच गएराति झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
कुटपिटमा संलग्न रहेको आरोपमा बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका ७ बाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। खड्काका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।