काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। पछिल्लो समय विकिपिडियाको ट्राफिक घट्दै गएको छ।

विकिपिडिया धेरैका लागि अझै पनि ‘इन्टरनेटमा बाँकी रहेको अन्तिम राम्रो वेबसाइट’का रूपमा चिनिए पनि नयाँ-नयाँ प्रविधिको आगमनसँगै यसको ट्राफिक घट्दै गएको जनाइएको हो। अझ विशेषगरी एआई सर्च सारांश र सामाजिक भिडियोका कारण विकिपिडियाको ट्राफिक घटेको बुझ्न सकिने विकिपिडिया फाउन्डेसनका मार्सल मिलरद्वारा प्रकाशित नयाँ ब्लगपोस्टको दाबी छ । यो ब्लगपोस्टका अनुसार मानवीय पृष्ठ हेर्ने दर गत वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ।

मिलरका अनुसार ट्राफिक घट्नुको मुख्य कारण ‘सूचना खोज्ने तरिकामा जेनरेटिभ एआई र सामाजिक सञ्जालको प्रभाव’ हो। विकिपिडिया नयाँ तरिकाबाट ज्ञान प्राप्त गर्ने प्रयासलाई स्वागत गर्छ र यसले विकिपिडियाको महत्त्व घटाउँदैन, किनभने वेबसाइटमा नगईकनै पनि त्यसको ज्ञान विश्वभर पुगिरहेको मिलरको दाबी छ । उसो त विकिपिडिया आफैंले पनि एआई सारांशको परीक्षण गरेको थियो, तर सम्पादकहरूको आपत्तिपछि यसलाई स्थगित गरिएको थियो।

मिलरले भनेका छन् कि विकिपिडियाको सामग्री प्रयोग गर्ने एआई, सर्च र सामाजिक सञ्जाल कम्पनीहरूले ‘वेबसाइटमा बढी प्रयोगकर्ता ल्याउने प्रयास गर्नुपर्छ।’ उनका अनुसार विकिपिडिया पनि आफ्ना तर्फबाट कदम चाल्दै छ। जसमा सामग्री स्रोत उल्लेख गर्ने नयाँ ढाँचा तयार गर्ने र नयाँ पाठकसम्म पुग्ने उद्देश्यले दुईवटा विशेष टोली बनाउने योजना समावेश छ।