काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

चौतर्फी आलोचनासँगै अभियन्ता सुनार मन्त्री बन्नबाट रोकिए, यस्तै श्रेष्ठको नाम पनि हटाइएको छ।

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चौतर्फी आलोचनासँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका अभियन्ता खगेन्द्र सुनारको नाम अन्तिम समयमा काटिएको छ।

मन्त्रीमा सुनारको नाम प्रस्ताव भएसँगै आलोचना आएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम हटाएकी हुन्। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि अन्तिम समयमा हटाइएको छ। श्रेष्ठको नाम किन हटाइयो भन्ने बुझिएको छैन।

सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो।

डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता भने आजै मन्त्री बन्दै छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।