काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।

छठ पर्वका अवसरमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यस पर्वबाट प्राप्त प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

आज छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उनले छठले आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित तथा सामूहिक सद्भाव तथा एकताको सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गरेको छ ।

“छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकता अभिवृद्धिमा योगदान गर्दा विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै ल्याएको छ”, अर्यालले भनेको छ, “प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने लोक आस्थाको पर्व छठले नेपाली समाजको गहिरो धार्मिक सांस्कृतिक महत्व र पहिचानलाई जीवन्त राख्दै आएको छ ।”