काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाफ दिने कार्यक्रमसमेत रहेको छ।
बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।