काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा पक्राउ गरेको छ।
उनलाई ललितपुरबाट मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।
प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि पक्राउ परेका थिएनन्। उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनीविरुद्ध जाहेरी दिएकी थिइन्। २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको सांसद बनाएको थियो।