पत्रकार सुरेश रजकको परिवारलाई न्यायका लागि पहल गर्ने सञ्चारमन्त्री जगदीश खरेलको प्रतिबद्धता
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए। खरेलले दिवंगत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
त्यस अवसरमा सुजनले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरेकी थिइन्। १५ चैत २०८१ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आग्जनी भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ।