काठमाडौँ। गाजाको खान युनिसस्थित नास्सर अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा पाँच पत्रकारसहित स्वास्थ्यकर्मी र अन्य गरी २० जनाको ज्यान गएको छ।
केही मिनेटको अन्तरालमै भएको दोहोरो हवाई आक्रमणले प्रारम्भिक विस्फोटपछि उद्धारका लागि पुगेका पत्रकार, स्वास्थ्यकर्मी र आपतकालीन टोलीलाई समेत निशाना बनाएको थियो।
मारिने पत्रकारमा अल जजिरा, रोयटर्स, एपी र स्वतन्त्र पत्रकारहरू रहेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार र उद्धारकर्मीको मृत्युलाई “दुर्भाग्यपूर्ण दुर्घटना” भनेका छन्।