काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका ४‚ रैदीस्थित तम्घास-बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ एउटा कार दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार बागलुङबाट तम्घासतर्फ आउँदै गरेको बा.प्र.-०१-०२९ च ७३४३ नम्बरको विद्युतीय कार साँझ करिब १७:४० बजे अनियन्त्रित भई सडकको डिलमा अड्किएको हो।

प्युठानका रास्वपाबाट निर्वाचित सांसद सुशान्त वैदिकले कार चलाइरहेका थिए। दुर्घटनामा गुल्मी क्षेत्र १ का प्रतिनिधिसभा सदस्य सागर ढकालसहित तीनजना यात्रारत थिए। ढकाल पनि रास्वपाबाट निर्वाचित सांसद हुन्।

घटनामा कुनै मानवीय क्षति नभएको र कारलाई घटनास्थलबाट निकालेर सदरमुकाम तम्घासतर्फ ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।