काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-टूअन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए ।
बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई-दुई तथा जसदीप सिंह र शुभम रन्जानेले एक-एक विकेट लिए ।
जारी शृंखलामा नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले नेपाल पराजित भएको छ।