मनाइयो हरिबोधिनी एकादशी
हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ।
काठमाडौँ। आज हरिबोधिनी एकादशी मनाइएको छ।
भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा-अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ।
भिड भए पनि भक्तजनहरु व्रत (उपवास) बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ।
हेर्नुहोस् थप तस्बिर :

तस्बिर : नेपाल फोटो लाइब्रेरी।