काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-टूमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले नेपाल पराजित भयो। दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए। मिलान्द कुमारले ७० रन बनाए। ओपनर शायन जाहाँगिर ३६‚ कप्तान मोनांक पटेल २१ तथा शुभम् रञ्जने १९ रनमा आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा नन्दन यादव र गुलसन झाले समान १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए। करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए । आरिफ सेखले २ रन मात्र जोडे।
बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई-दुई तथा जसदीप सिंह र शुभम् रन्जानेले एक-एक विकेट लिए ।

जारी शृंखलामा नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले नेपाल पराजित भएको छ।
लिग-टूमा आठ देशको सहभागिता छ। लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन्। लिगको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल क्वालिफार्यसमा स्थान बनाउनेछन्। लिग-टूको पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउनेछ।